काठमाडौंको ढुंगेअड्डामा गुडिरहेको बसमा एक्कासी आगलागी

1.25K
shares

११ बैशाख २०८२, काठमाडौं । काठमाडौंको ढुंगेअड्डा नजिक चन्द्रागिरी नगरपालिका–१५ पिपलबोटस्थित मुख्य सडकमा गुडिरहेको एक सार्वजनिक बसमा अचानक आगलागी भएको छ।

कलंकीबाट थानकोटतर्फ गइरहेको पाँचपोखरी यातायातको बा.२.ख.९७८६ नम्बरको उक्त बसमा इन्जिनको भागबाट आगो सल्किएपछि यात्रुहरू आत्तिएर तत्काल बसबाट बाहिर निस्किएका थिए।

आगलागीका कारण बस पूर्ण रूपमा जलेर नष्ट भएको छ तर कुनै पनि यात्रुलाई शारीरिक क्षति भने पुगेको छैन। घटनास्थलमा तत्कालै चन्द्रागिरी नगरपालिकाको दमकल, पानी ट्यांकर, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।