स्वर्णिम वाग्लेको नेतृत्वमा बजेट अधिवेशनबारे छलफल अघि बढाउने रास्वपाको निर्णय
वि.सं.२०८२ वैशाख ११ बिहीवार १८:०९
1.05K
shares
shares

११ वैशाख २०८२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले संसद्को बजेट अधिवेशनको छलफल पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा गर्ने भएको छ ।
आज बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले डा. वाग्लेको नेतृत्वमा छलफल गरेर बजेट अधिवेशनमा बहस गर्ने निर्णय भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
बजेट अधिवेशन प्रभावकारी बनाउनका लागि डा. स्वर्णिम वाग्लेको नेतृत्वमा संसद्मा छलफल बहस गर्ने,’ परियारले भने, ‘सबै विषयमा भाग लिएर देशको हितका लागि छलफल गर्ने ।’ त्यस्तै, विद्यालय शिक्षा विधेयकलाई कसरी अघि बढाउने भन्ने विषयमा पनि छलफल भएको उनले बताए ।












