नुवाकोटको बिदुरमा तीन जिल्लाको संयुक्त सुरक्षा समिति बैठक

988
shares

१२, वैशाख । नुवाकोटको बिदुरमा रसुवा, धादिङ र नुवाकोटको संयुक्त सुरक्षा समिति बैठक बसेको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नुवाकोटमा संयुक्त रूपमा तीन जिल्लाको सुरक्षा समितिसँग बैठक राखेको हो। बागमती प्रदेश सरकारका कानुनमन्त्री सुरजचन्द्र लामिछाने, सचिव कृष्णबहादुर शाही, रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल, धादिङका प्रजिअ सुमन घिमिरे, नुवाकोटका प्रजिअ शशिधर घिमिरेसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू बैठकमा सहभागी थिए ।प्रजिअहरूले जिल्लाका विषय वस्तु, सुरक्षा चुनौतीबारे बैठकमा जानकारी गराएका छन् । उनीहरूले विपद् व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, लागुऔषध, सडक दुर्घटना, साइबर अपराधका घटनालगायत चुनौती बनिरहेको जानकारी गराए ।प्रजिअ तथा सुरक्षा निकायका प्रमुखहरूले सुरक्षा निकायको पूर्वाधार अभाव, विकास निमार्ण, आत्महत्या र लैंगिक हिंसा र पूर्वाधारका गौरव आयोजनामा आउने विवाद र समस्याका विषयमा जानकारी गराएको कानुनमन्त्री लामिछानेले जानकारी दिए ।मन्त्री लामिछानेले सुरक्षा निकायको सबलीकरणका लागि प्रदेश सरकार आफ्नो अधिकार क्षेत्रभित्रबाट काम गरिरहेको बताएका छन् । उनले जनसेवालाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न निर्देशन दिए ।