स्वयम्भूस्थित एक रेष्टुरेन्टमा आगलागी
वि.सं.२०८२ वैशाख १३ शनिवार ०८:२३
1.17K
shares
shares

काठमाडौं । काठमाडौंको स्वयम्भूस्थित एक रेष्टुरेन्टमा आगलागी भएको छ ।
शनिवार विहान २ बजे काठमाडौंको स्वयम्भूस्थित बचन राईको दार्जलिङ मःम रेष्टुरेन्टमा आगलागी भएको हो ।
रेष्टुरेन्टमा आगलागी हुँदा नजिकै रहेका जुत्ता पसल, भाँडा पसल, रबर फ्याट्रि र प्रहरी चौकीमा समेत क्षती पुर्याएको छ ।
आगलागीको क्षतीबारे थप विवरण आउन बाकि रहेको स्वयम्भुस्थित प्रहरी वृतका सहायक हवल्दार बिष्णु थापाले जानकारी दिए ।











