आन्दोलनरत शिक्षक र सरकारबीचको वार्तामा के भयो ?

949
shares

काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच आज बिहान सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्ता सकिएको छ।

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले वार्ता सम्पन्न भएको र छलफल तथा संवादलाई निरन्तर अघि बढाउने सहमति जुटेको जानकारी दिएका छन्।

यद्यपि, उनले शिक्षक महासंघको आन्दोलन यथावत् रहने स्पष्ट पारेका छन्।

अध्यक्ष सुवेदीले भने, ‘शिक्षक महासंघ अहिले पनि आन्दोलनमा नै छ। आज मन्त्रीको उपस्थितिमा वार्ता भयो। छलफललाई निरन्तरता दिने सहमति जुटेको छ। अर्को वार्ता कहिले हुने भन्ने टुंगो लागेको छैन। आगामी छलफलबाट मिति तय हुनेछ।’

शिक्षकहरूले गत चैत २० गतेदेखि शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै आएका छन् ।