पत्रकार कार्कीको दुवै आँखाको भित्री भागसम्म चोट, भिजनमा समस्या

1.04K
shares

काठमाडौं। आइतबार दिउँसो शिक्षक आन्दोलनको क्रममा घाइते भएकी पत्रकार सबिना कार्कीको अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार चोटको कारणले गर्दा दुवै आँखाको लेन्सहरु सुन्निएको छ ।‘आँखाभित्र रगत जमेको (हाइफिमा) छ । जसले गर्दा भिजन एकदमै कम रहेको छ । आँखाको छालाको माथिल्लो भाग पनि च्यातिएको छ । चोटको कारण आँखाको प्रेसर पनि बढेको छ,’ उपचारमा संलग्न डा. सिभान्त श्रेष्ठले भनिन् ।डा. श्रेष्ठका अनुसार चोट, हाइफिमाको कारणले गर्दा रेटिनामा पनि मज्जाले हेर्न सकिएको छैन । ‘आँखाको नशाको भागहरूसम्म चाहिँ देखिएको छ । तर त्यसपछि रेटिनाको अवस्था कस्तो छ भनेर हेर्न सकिएको छैन,’ उनले भनिन् ।आँखामा रगत पनि जमेको छ । आँखाभित्र पनि रगत जमेकोले गर्दा भिजन कम (देख्ने क्षमता) कम रहेको छ । चोटले गर्दा आँखामा प्रेसर पनि बढेको छ–डा. सिभान्त श्रेष्ठ
भिडियो एक्सरेबाट हेर्दा पर्दा च्यातिएको जस्तो देखिएको छैन । तर कहिलेकाहीँ रगत जमिदिने, बीचको हेर्न भाग सुन्निने जस्ता भागहरु राम्ररी नदेखिने हुन्छ । जसले गर्दा आँखाको नानी वरिपरिका भागहरु पनि प्रष्टसँग नदेखिएको उनले बताइन्।
सीटी स्क्यानबाट थप हेरिने उनले बताइन् । ‘उहाँलाई नर्मल नै भन्न त मिल्दैन किनकी आँखाको भिजन एकदमै कम छ । अब हेर्दै जानुपर्छ । पछाडि पर्दामा पनि धेरै चोट लागेको रहेछ भने धेरै समय लाग्न सक्छ,’ डा. श्रेष्ठले भनिन् ।