पुरानै कार्यक्रम निरन्तर, रासायनिक मलमा उही रकम

1.95K
shares

 

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटका लागि छलफल लगभग टुंग्याएको छ । मन्त्रालयले यो पटक चालु आवकै बजेट कार्यान्वयन गर्ने गरी तयारी गरेको हो । मन्त्रालयले १९ वैशाखमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमका लागि ‘¥यापिङ’ गरेर पठाइसकेको छ । कृषि मन्त्रालयमा आगामी आवको बजेटबारे छलफलमा सहभागी उच्च तहका कर्मचारीहरू नै पटक–पटक छलफल गर्दा पनि नयाँ कार्यक्रम खासै उल्लेख नगरेको बताउँछन् । ‘यो वर्ष धेरै नयाँ कार्यक्रम आउँदैन, अधिकांश गत वर्षकै कार्यक्रम दोहोरिन्छ । गत वर्ष कृषि लगानी दशक घोषणा गरेकाले दीर्घकालीन कार्यक्रम दोहोरिन्छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘अहिले आउने नीति तथा कार्यक्रम र बजेट भनेको कार्यान्वयनका लागि आउने हो । त्यसै अनुसार होमवर्क भएको छ ।’कृषि मन्त्रालयले नीति तथा कार्यक्रमका लागि प्रधानमन्त्री कार्यालयमा बुझाउने तयारी गरिसकेको छ ।