आन्दोलनरत शिक्षकहरूको नारा : पुरानो ऐन चाहिँदैन, शिक्षक पिट्न पाइँदैन
वि.सं.२०८२ वैशाख १५ सोमवार १७:१३
2.61K
shares
shares

काठमाडौँ । विद्यालय शिक्षा ऐनको माग गर्दै देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू सडक आन्दोलनमा छन् । आन्दोलनको २६ औँ दिन आइतबार प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेको थियो । जसले गर्दा ६२ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भए । उनीहरूमध्ये एक दर्जन बढीको अवस्था गम्भीर छ ।
बाँकी उपचारपछि आराम गर्न डाक्टरको सुझावकाबीच आजको आन्दोलनमा सरिक भए । उपचार गर्दा गर्दै उनीहरू प्रहरी दमनकाविरुद्ध नाराबाजीमा उत्रिएका हुन् । हिजो प्रहरीले शिक्षकहरूमाथि कुटपिट गरेपछि आज भने शिक्षकले नारा समेत त्यही अनुसार लगाएका छन् ।
उनीहरूले ‘पुरानो ऐन चाहिँदैन, शिक्षक पिट्न पाइँदैन’, ‘प्रहरी दमन बन्द गर,’ ‘पञ्चायतकालको शिक्षा ऐन खारेज गर,’ जस्ता नारा लगाएका थिए ।













