अनलाइन टिभी पत्रकार संघका सदस्यलाई नेपाल न्युज बैंकले ५० प्रतिशत छुट दिने

2.35K
shares

काठमाडौँ । अनलाइन टिभी पत्रकार संघ नेपाल र नेपाल न्युज बैंक समाचार एजेन्सीबीच विशेष सहुलियतमा सेवा दिने सम्झौता भएको छ।
न्युज बैंकले संघमा आवद्ध सदस्य संस्था र पत्रकारहरूलाई फोटो, भिडियो, फोटो फिचर, रफकट भिडियो फुटेज, टेक्स्ट सामग्री, सामाजिक सञ्जाल लाइभ तथा अनुसन्धानमूलक रिपोर्टजस्ता सेवाहरूमा ५० प्रतिशत सहुलियत दिने भएको छ।
संघका सदस्यहरूले नियमित सेवाहरूमा प्रचलित अधिकतम दरको ५० प्रतिशत छुटसहित सेवा प्राप्त गर्न सक्ने सम्झौतामा उल्लेख गरिएको छ ।
सेवा उपभोगका लागि सदस्यहरूले अनलाइन टिभी पत्रकार संघद्वारा प्रमाणित सदस्यता कार्ड वा सिफारिस पत्र नेपाल न्युज बैंकलाई बुझाउनुपर्नेछ।
सम्झौतामा अनलाइन टिभी पत्रकार सङ्घको तर्फबाट अध्यक्ष जीवन भण्डारीले र नेपाल न्युज बैंकका तर्फबाट सम्पादक युवराज गौतमले हस्ताक्षर गरेका छन्।
न्युज बैंकको प्रस्तावमा गरिएको सम्झौता वैशाख १५ देखि एक वर्षसम्म लागू हुने र दुवै पक्षको सहमतिमा नविकरण गर्न सकिने भएको छ ।