सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट मिर्गौलापीडित बिरामीले हामफाले, घटनास्थलमै मृत्यु

1.86K
shares

धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत मिर्गौला पीडित एक बिरामीले तेस्रो तलाबाट हामफालेका छन् । उनको घटनास्थलमै मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालमा डायलाइसिस गराउँदै आएका कैलालीको गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मंगलबार दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेका हुन् । सिंहकी श्रीमती ईश्वरीदेवी उनको कुरुवा बसेकी थिइन् । एकैछिन बाहिर जान्छु भनेर निस्किएका सिंहले एक्कासी तेस्रो तलाबाट हामफालेको देखिएको अस्पतालले जनाएको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले सोमबार मेडिकल वार्डमा भर्ना भएका सिंहले दिउँसो २ बजेपछि एक्कासी तेस्रो तलाबाट हाम फालेको बताए ।उनी हामफोलेको ठाउँबाट अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।