विज्ञापन बोर्ड सदस्य अधिकारीलाई पितृशोक 

1.86K
shares

इटहरी । विज्ञापन बोर्ड सदस्य एवं कोशी प्रदेशस्थित इटहरीबाट सञ्चालित प्रदेश खबरका अध्यक्ष पवन अधिकारीलाई पितृशोक परेको छ ।

नेपाल प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष समेत रहेका अधिकारीका पिता इन्द्रलाल अधिकारीको ८६ वर्षको उमेरमा बुधवार दिउँसो १ बजे निधन भएको हो ।

फोक्सो सम्बन्धी रोगबाट पीडित रहेका स्व.अधिकारीका पवन सहित प्रेम र ध्रुव अधिकारी छोरा र मीना, हिमा, तुलसा र अस्मिता छोरी रहेका छन् ।

अधिकारीको आजै दिउँसो ४ बजे इटहरीस्थित बूढीगङ्गा जमुना मुक्तिघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।