रेशम चौधरी छुटे

936
shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी छुटेका छन् । सर्वोच्च अदालतको पत्रपछि पक्राउ परेका चौधरी अदालतकै पत्रले छुटेका हुन् ।

उनलाई लिन जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मूक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेताहरू पुगेका थिए ।

प्रहरीले उनलाई दिउँसो १ बजे पक्राउ गरी डिल्लीबजार कारागार लगिएको थियो ।

सर्वोच्चको पत्र अनधिकृत भएको पाइएसँगै अर्को पत्र लेखेर छाड्न भनिएको थियो । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार सो विषयमा आन्तरिक छानबिन भइरहेको छ ।