ऊर्जा राज्यमन्त्रीमा गर्बुजा नियुक्त

897
shares

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छन् ।

बुधबार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गर्बुजालाई राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

उनी कांग्रेसको कोटाबाट राज्यमन्त्री नियुक्त भएका हुन् ।

यसअघि १० वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए ।