कांग्रेस संसदीय दलको बैठक बस्दै
वि.सं.२०८२ वैशाख २० शनिवार ०८:४३
819
shares
shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने भएको छ ।
सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम बारे संसदको छलफलमा सहभागी हुनका लागि बैठक बोलाइएको हो ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा सोमबारदेखि संसदमा निरन्तर छलफल हुनेछ ।













