सिरहाका डीएसपी पासवानको कार्यशैलीप्रति स्थानीय जनप्रतिनिधिहरूले गरे प्रशंसा
वि.सं.२०८२ वैशाख २३ मंगलवार १४:२४
shares

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) विरेन्द्र पासवानको कार्यशैलीप्रति स्थानीय जनप्रतिनिधिहरूले खुलेर प्रशंसा गरेका छन् ।
सिरहा नगरपालिका–६ का निर्वाचित वडा अध्यक्षले सामाजिक सञ्जाल फेसबुकमार्फत् डीएसपी पासवानप्रति इमानदार, मिलनसार र कानुनी प्रक्रियामा विश्वास गर्ने अधिकृतका रूपमा प्रशंसा व्यक्त गरेका हुन् ।
उनले लेखेका छन्, ‘इतिहासमा यति इमानदार, मिलनसार र नेताको चाकरी नगर्ने प्रहरी अधिकृत बिरलै देखिएको छ। जनता शान्ति सुरक्षाको अनुभूति गरिरहेका छन् । डीएसपी पासवानले सिरहामा पदस्थापन भएसँगै अपराध नियन्त्रण, कानुनी पालना र नागरिकमैत्री सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको जनाइएको छ। जनताको भावना कदर गर्दै निष्पक्ष रूपमा काम गर्ने शैलीले स्थानिय युवाहरू समेत प्रभावित भएका छन् । वडा अध्यक्षले फेसबुकमा लेखेका छन्, ‘सिरहाली युवाहरू तपाईंको सहयोगका लागि तत्पर छन्। तपाईंको कार्यगति यस्तै रहोस् भन्ने शुभकामना छ ।’
यसअघि पनि विभिन्न जिल्लामा कार्यरत रहँदा पासवान इमानदार छविका रूपमा चिनिँदै आएका थिए।












