रविन्द्र मिश्रलाई ५ दिन म्याद थप, मुद्दा पनि थपियो
वि.सं.२०८२ वैशाख २५ बिहीवार १८:५८
2.11K
shares
shares

काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि अनुसन्धानका लागि ५ दिनको म्याद थप भएको छ ।
जिल्ला अदालत, काठमाडौंले मिश्रलाई थप ५ दिन हिरासतमा राख्नेर अनुसन्धान गर्न अनुमति दिएको हो । त्यसैगरी आपराधिक उपद्रवको कसुरमा अनुसन्धान भएकाहरुलाई भने थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
आज पुनः उनीमाथि आपराधिक उपद्रवको कसुरमा पनि मुद्दा चलाइएको छ ।












