राजा ल्याउने प्रयास समयको बर्वादी मात्र हो : सांसद बास्कोटा

1.05K
shares

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले राजा ल्याउने कोसिस समयको बर्वादी मात्र भएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभामा बोल्दै उनले अब तासका बुकका राजारानी खोजेर जिन्दगी गुजार्नु पर्ने भन्दै राजा राजा भनेर लाग्नु समयको बर्वादी मात्र भएको बताए ।

उनले भने, ‘यहाँ साथिहरु व्यवस्था बदल्न आन्दोलन गरिरहेका छन् । सरकार संविधान संशोधन गर्छु भनिरहेको छ किन आन्दोलन गर्नुपर्यो त ? अबको चुनावमा कोसिस गर्नुस् बहुमत ल्याउनुस् । अब तासका बुकका राजारानी खोजेर जिन्दगी गुजार्नुस् बाँकी त कँहाबाट आउनु । राजा राजा भन्या छ निन्द्रा पनि नपर्ला जस्तो भईसक्यो आउदैन हजुर त्यतातिर कोसिस नगर्नु समयको बर्वादी हो ।’

उनले अहिले मन्त्री भएका व्यक्तिलाई अन्तिम पटकको लागि हो कि फर्किएर फेरी सांसद्कै लहरमा बस्ने भन्दै प्रश्न समेत गरेका छन् ।