एक नम्बरमा पौडेललाई राख्दै गभर्नरका लागि तीन जनाको नाम सिफारिस
वि.सं.२०८२ जेठ ६ मंगलवार १८:१७
1.76K
shares
shares

काठमाडौं । एक नम्बरमा डा. विश्व पौडेललाई राख्दै गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ ।
दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना तिम्सिना र तेस्रो नम्बरमा पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आजै बिहान गभर्नरमा पौडेललाई नियुक्त गर्ने सहमति जुटेको थियो ।












