विश्वनाथ पौडेल गभर्नर नियुक्त

2.24K
shares

काठमाडौं । डा. विश्वनाथ पौडेल गभर्नरमा नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिदा् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी राष्ट्र बैंकका १८औँ गभर्नर बनेका हुन्।

अर्थ मन्त्रालयमा आजै बसेको गभर्नर सिफारिस समितिको बैठकले अर्थविद् पौडेलसहित राष्ट्र बैंककै कायममुकायम गभर्नर डा. नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो।