त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा, गृहका सहसचिव पक्राउ
वि.सं.२०८२ जेठ ७ बुधवार १८:०९
2.16K
shares
shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा छापा मारेको छ।
धेरै पैसा असुल गरी भिजिट भिसामा विदेश पठाउने गरेको उजुरी आउन थालेपछि अध्यागमन कार्यालयमा छापा मारेको हो ।
अख्तियारको टोलीले विभागको कम्प्युटर तथा विभिन्न डिभाइसहरू नियन्त्रणमा लिएको छ।
यस्तै, गृहमन्त्रलायका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ ।
भट्टराईलाई मंगलबारमात्रै बढुवा गरेर गृहमन्त्रालयमा ल्याइएको थियो। यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए।












