यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु
वि.सं.२०८२ जेठ १३ मंगलवार १६:४५
1.72K
shares
shares

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले जापान सरकारबाट छात्रवृत्ति परियोजनाको लागि प्राप्त हुने जापानी येन ५७२ मिलियन करिब रु.५३ करोड ७६ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
मंगलबार जेठ १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।












