गणतन्त्र दिवसको शुभकामना दिँदै प्रधानमन्त्रीले भने, आज शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन

2.17K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको अवसरमा शुभकामना दिएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत शुभकमना दिँदै उनले आज शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन भएको बताएका छन् ।

उनले लेखेका छन्,‘शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज।मुकुटको होइन—मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन, जनताको सात दशक लामो बलिदानीपूर्ण संघर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन। गणतन्त्र दिवसको गरिमामय अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना।’