संघीय संसदको संयुक्त बैठक बस्दै, अर्थमन्त्री पौडेलले वार्षिक अनुमान (बजेट) पेश गर्ने

2.03K
shares

काठमाडौं । आज संघीय संसदको संयुक्त बैठक बस्ने भएको छ । बैठकमा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रलाई पुनः लयमा फर्काउने योजना समेटिएको बजेट प्रस्तुत गर्ने छन् ।

बिहीबार दिनको ३ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्नेछन् ।

बजेटमा निर्माणाधीन राष्ट्रिय आयोजना समयमै सम्पन्न गर्ने, सामाजिक सुरक्षा कार्यक्रम सुधार गर्ने, कृषिको व्यवसायीकरणलाई प्रवद्र्धन गर्ने, वृद्धभत्ता पाउने उमेर ६८ बाट ७० वर्ष पुर्याउने, कर्मचारीको तलब वृद्धि गर्ने लगायतका विषयलाई प्राथमिकतामा राखिएको बताईएको छ ।

आर्थिक सुधार सुझाव आयोगका सिफारिसहरू कार्यान्वयन गर्ने सरकारको तयारी छ। स्वदेशमा औद्योगिक उत्पादन लागत घटाउन कच्चा पदार्थको आपूर्ति सहज बनाउने नीति अपनाइने बताइएको छ ।