राजावादीहरुले नारायाणहिटी क्षेत्रमा प्रदर्शन गर्ने बताएपछि प्रशासनले लगायो निषेधाज्ञा
वि.सं.२०८२ जेठ १६ शुक्रवार २०:०१
2.46K
shares
shares

काठमाडौं । राजावादी आन्दोलनलाई कमजोर पार्न सरकारले काठमाडौँको नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा घोषणा गरेको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उक्त स्थानमा पाँच जनाभन्दा बढि व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरेका हुन् ।
शनिबार (जेठ १७) देखि आगामी असार २४ गतेसम्म केशरमहल चोकदेखि नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म तथा महेन्द्र सालिक हुँदै नारायणहिटी दरवार संग्रहालय दक्षिण गेटसम्म विरोधका कार्यक्रम गर्न नपाइने भएको हो ।
राजावादीहरुले भोलि सो क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेका थिए ।






