सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो

2.17K
shares

काठमाडौं । साताको  दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य  १ हजार रुपैयाँले बढेको छ ।

आइतबार तोलाको १ लाख ८८ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज बढेर तोलाको १ लाख ८९ हजार ८०० सयले कारोबार  भैइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य  बढेको छ । आइतबार १ हजार ९८५ रुपैयाँमा कारोवार भएको चाँदी ५ रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भैइरहेको छ ।