तीन दलका शीर्ष नेताहरूबीच छलफल सुरु
वि.सं.२०८२ जेठ १९ सोमवार १६:४९
1.22K
shares
shares

काठमाडौं । संसदको गतिरोध अन्त्य गर्न प्रमुख तीन दलका शीर्ष नेताहरूबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा महत्वपूर्ण छलफल सुरु भएको छ।
छलफलमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्।
यसअघि, माओवादी केन्द्र अध्यक्ष प्रचण्डले छलफलपूर्व एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका थिए।













