शीर्ष तीन दलका नेताको बैठकमा जुटेन सहमित

2.11K
shares

काठमाडौं । शीर्ष तीन दलका शीर्ष नेताहरुको बैठकमा संसदको अवरोध हटाउने विषयमा सहमति जुट्न सकेन् । आज बसेको बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट प्रतिपक्षी पछि हटेन् ।

सिंहदरबारमा करिब २ घण्टा बसेको बैठकमा संसद् खोल्न प्रतिपक्ष सहमत नभएपछि बैठक विना निष्कर्ष सकिएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

यसैबिच शीर्ष बैठकमा सहभागी प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले संसद् अवरुद्ध गरेर जानुहुँदैन भनेर राखेको प्रस्तावमा प्रतिपक्षले थप छलफल गर्दै अघि बढ्ने जवाफ दिएको बताए ।