राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
वि.सं.२०८२ जेठ २१ बुधवार ०८:४२
1.07K
shares
shares

काठमाडौं । संघीय संसद अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको चौहत्तरौँ बैठक आज बस्ने भएको छ ।
बुधबार बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्ने भएको हो ।
आजको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल गरिने कार्यसूची रहेको छ ।











