संसद बैठक भोलिसम्मका लागि स्थगित, दलहरुबीच सहमति जुट्न सकेन
वि.सं.२०८२ जेठ २१ बुधवार १६:१९
1.34K
shares
shares

काठमाडौं । विपक्षी दलहरुको अडानकाबीच संसद बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडानबाट विपक्षी दलहरु पछि नहटेपछि बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।
आज बिहान १ बजे बस्ने भनिएको बैठक सहमतिको प्रयासमा सवा तीन बजेसम्मका लागि सारिएको थियो । तर सहमति नजुटेपछि संसद सचिवालयले बैठक स्थगित गरिएको हो । मंगलबार पनि संसद बैठक बस्दै नबसी स्थगित भएको थियो ।












