टेक एण्ड पेझ को प्राबधान नसच्याए जलविद्युत आयोजनाका पावर हाउस बन्द गछौं : अध्यक्ष कार्की

2.76K
shares

काठमाडौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले बजेटमा झटेक एण्ड पे को प्राबधान नसच्याए पावर हाउस बन्द गर्ने चेतावनी दिएका छन् ।

बजेटमा सार्वजनिक झटेक एण्ड पेझ पीपीएको प्राबधान बिरुद्ध बिहीबार काठमाडौंमा भएको भेलामा अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले सडकमा आन्दोलन नगरि पावर हाउस बन्द गर्ने र बिजुली बन्द गर्ने सम्मको चेतावनी दिए ।

‘हामिले सडकमा आन्दोलन गर्न नसके पावर हाउस बन्द गर्ने अवस्था आउछ’उनले भने ।

मुलुकमा ८०५ बिजुली उत्पादन गरेको निजी क्षेत्रलाई सरकारले सिध्याउन खोजेको उनले आरोप लगाए । उनले भने ‘उत्पादन गर्ने दिने होइन प्राधिकरण बन्द हुने अवस्था आउन सक्छ ।’

उनका अनुसार सरकारले उत्पादन र खपतको सन्तुलनमा मात्र आधारित भएर ‘टेक एन्ड पे’विधिमार्फत विद्युत् खरिद सम्झौता (पीपीए)गर्ने नीतिले दीर्घकालीन ऊर्जा विकासमा गम्भीर असर पार्नेछ ।