प्रतनिधिसभा बैठक फेरि पनि स्थगित

1.47K
shares

काठमाडौं । प्रतिनिधिसभा बैठक फेरि पनि बस्दै नबसी स्थगित भएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक दलहरुबीच सहमति जुट्न नसक्दा आइतबारसम्मका लागि स्थगित गरिएको हो । अर्को बैठक आइतबार दिउँसो १ बजे बस्नेछ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् चल्न दिएका छैनन् ।

बैठक चल्न नसकेपछि सभामुख देवराज घिमिरेले निरन्तर विपक्षी दलका नेताहरूसँग छलफल गरेका छन् ।