स्कटल्याण्डले नेपाललाई दियो ३२४ रनको विशाल लक्ष्य
वि.सं.२०८२ जेठ २५ आइतवार १९:३०
1.44K
shares
shares

काठमाडौं । आइसिसी विश्वकप लिग-टू सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले ३२४ रनको विशाल लक्ष्य पाएको छ ।
स्कटल्याण्डको डन्डीमा रहेको फार्थहिल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २३ रनको विशाल योगफल तयार गर्यो ।
स्कटल्याण्डका लागि कप्तान रिची बेरिङ्टनले शतकीय ईनिङ खेले । कप्तान बेरिङ्टनले १ सय १४ बलमा ६ चौका र ४ छक्काको सहयोगमा रहँदै १ सय २ रनको शतकीय पारी खेले ।
नेपालले ५.४ ओभरमा २५ रन खर्चिएर २ विकेट लिदै महत्वपूर्ण सुरुवात गरेको थियो । तर, तेस्रो विकेटका लागि कप्तान बेरिङ्टन र चार्ली टेयरले ९४ रनको साझेदारी गरे ।
टेयरले ६५ बलमा ९ चौकाको सहयोगमा ६८ रन जोडे ।












