संसद बैठक भोलिसम्मका लागि स्थगित

2.39K
shares

काठमाडौं । संसद बैठक आज पनि सुचारु हुन सकेन् । प्रतिपक्षी दलहरुको अवरोधका कारण बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलहरु आआफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका थिए । तर सत्तापक्षका सांसदहरुले संसद अवरोध गरेर बोल्न रोकेको भन्दै बैठक सन्चालनको माग गरे ।

सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गरे पनि सांसदहरुले मानेनन् ।