सर्यो संवैधानिक पदाधिकारीविरुद्धको निर्णय सुनाउने सर्वोच्चको मिति

2.08K
shares

काठमाडौं । ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको निर्णय सुनाउने मिति सर्वोच्च अदालतले सारेको छ । आज सुनाउने भनिएको फैसला आगामी असार १८ सम्मका लागि सारिएको हो ।

केहीबेरअघि संवैधानिक इजलासमा उपस्थित कानुन व्यवसायीहरूलाई अदालत प्रशासनले निर्णय सुनाउने मिति सरेको जानकारी गराएको हो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको इजलासमा पदाधिकारी विरुद्धको रिटमाथि बहस भएको थियो ।