इरान र इजरायलबीच रातभर तनाव, आक्रमण रोक्न राष्ट्रसंघको आब्हान

2.18K
shares

एजेन्सी । इरान र इजरायलबीच शुक्रबार रातभरि एकअर्कालाई आक्रमण गरेका छन् ।

इजरायलले इरानको राजधानी तेहरान आसपास भीषण हमला गरेपछि इरानले पनि इजरायलको राजधानी तेल अभिभ र जेरूसलेममा हवाइ हमला गरेको हो ।

शुक्रबार साँझ इजरायली सेनाले इरानबाट इजरायलमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरिएको रिपोर्ट गरेपछि जेरुसेलमभरि हवाई आक्रमणको साइरन बजेको थियो ।

प्रक्षेपण पछि, मध्य र उत्तरी इजरायलका ठूला क्षेत्रहरूमा साइरनहरू सक्रिय भएका थिए । र खसेका प्रक्षेपणहरूबाट हुने विस्फोटहरू सुनिएको आइडीएफले जनाएको छ ।

बिहीबार राति इजरायलले इरानको सैन्य संरचना, हतियार प्रणाली, एयर–डिफेन्स सिस्टम, आणविक भट्टी र वरिष्ठ अधिकारीहरूमाथि एकैपटक आक्रमण गरेको थियो । त्यसपछि इरानले पनि इजरायलमाथि जबाफी हमला गरेको हो । त्यो क्रम शुक्रबार पनि जारी रह्यो ।

यता, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरान र इजरायललाई ‘तनाव रोक्न र शान्तिको बाटो अपनाउन’ अपिल गरेका छन् ।