उपल्लो मुस्ताङमा स्याउखेती विस्तार, पालिकाले किसानलाई बिरुवामा अनुदान दिने
वि.सं.२०८२ असार ११ बुधवार १४:४४
shares
:ofp dgfª, ! ebf} lxdfnL lhNnf dgfªsf] tNnf] If]q gf;f]+ ufpFkflnsf& tfr}df n6/Dd kmn]sf :ofp . dgfªdf clxn] ljleGg k|hfltdWo] ufnf, d]df / /]8 8]lnl;o; :ofp l6Kg] a]nf ePsf] 5 . tl:a/M gjLg nfld5fg]÷/f;;
काठमाडौं । उपल्लो मुस्ताङमा स्याउखेती विस्तार हुन थालेको छ । पहिला कमै खेती हुने उपल्लो मुस्ताङमा पछिल्लो समय स्याउखेतीका लागि अनुकूल वातावरण बन्न थालेको छ । यसको एउटा कारण जलवायु परिवर्तन रहेको विज्ञहरू बताउँछन् ।
समुद्री सतहको झन्डै तीन हजार मिटरसम्मको उचाइमा हुँदै आएको स्याउखेती अहिले उपल्लो मुस्ताङ समुद्री सतहको चार हजार मिटरको उचाइसम्म नै हुन थालेको छ ।
शीतोष्ण हावापानीमा हुने फलफूल खेतीमध्ये स्याउ उपल्लो मुस्ताङमा सप्रिन थालेपछि किसानको सङ्ख्या पनि थपिन थालेको छ ।
किसानलाई आवश्यक सहयोगसहित स्याउ हबका रूपमा विकास गर्ने योजनासहित लोमान्थाङ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेटमै समावेश गरेर स्याउको बिरुवा खरिद गर्नेलाई अनुदान दिनेगरी बजेट विनियोजन गरेको अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार किसानले उत्पादन गरेको कृषि उपज सहज बजारीकरण गर्न पालिकाले आवश्यक सहजीकरण गर्ने नीति पनि लिएको छ ।











