दीपेन्द्रसिंह ऐरीले दिए राजीनामा

2.2K
shares

काठमाडौं । दीपेन्द्रसिंह ऐरीले नेपाल प्रहरी सेवाबाट राजीनामा दिएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान समेत रहेका ऐरी प्रहरी सहायक हवल्दारका रुपमा कार्यरत थिए ।

ऐरीले राजीनामा दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनादे घिमिरेले पुष्टि गरे ।

उनले दिएको राजीनामा समेत स्वीकृत भइसकेको प्रवक्ता घिमिरेले बताए । राजीनामा पत्रमा उनले घरायसी कारण देखाएको प्रहरीले जनाएको छ ।