आगामी भदौमा विधान महाधिवेशन गर्ने एमालेको निर्णय सरकार सफल भएको निष्कर्ष,

1.96K
shares

काठमाडौं । नेकपा एमालेले वर्तमान सरकारको एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी भएको निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले सचिवालय बैठकले मुलुकमा स्थिरता र सुशासनको लक्ष्यका साथ ठुुला दलको सहभागितामा गठित सरकारले स्थिरता कायम गर्दै आफ्नो गन्तव्यमा प्रभावकारिता वृद्धि गर्दै लगेको निष्कर्ष निकालेको उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

बैठकले सरकारले सुशासन र सेवा प्रवाहका क्षेत्रमा अझ बढि ध्यान दिनुुपर्नेमा जोड दिएको उनले बताए । मुलुकको अर्थतन्त्रमा सुधार हुदै आएको, सडकमा देखिएका विरोधका स्वरहरु मत्थर हुदै गएको, दैलेखमा मिथेन ग्यासको उत्खनन्को प्रारम्भिक प्रतिवेदन आउनुुलगायतका काम थप उपलब्धिका विषय भएको बैठकले निचोड निकालेको उनले जानकारी दिए ।

बैठकले भाद्र २० देखि २२ गतेसम्म पार्टीको विधान महाधिवेशन ललितपुरको गोदावरीस्थीत सनराइज हलमा गर्ने निर्णय गरेको छ ।

विधान महाधिवेशनमा पार्टी अध्यक्ष केपी ओलीले राजनीतिक प्रस्ताव, विधान संशोधनको प्रस्ताव विष्णु पौडेल र संगठनात्मक प्रस्ताव महासचिव प्रस्तुतले गर्ने ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीले पार्टीभित्रको ७० वर्षे उमेरहदको प्रावधानबारे विधान महाधिवेशनले निर्णय गर्ने भन्दै सैद्धान्तिक विषय बनाउन आवश्यक नरहेको उल्लेख गरे ।