इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक :राष्ट्रपति ट्रम्प

1.39K
shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक रहेको बताएका छन् ।

बुधबार नेदरल्याण्ड्समा भएको नेटो शिखर सम्मेलनमा उनले भने इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक रहेको भन्दै चीनले इरानबाट तेल किन्न चाहन्छ भने आफूहरुलाई कुनै समस्या नरहेको बताएका हुन् ।

उनले भने,‘इरानले इजरायलसँगको युद्धमा बहादुरी देखाएको छ । तिनीहरूले तेलको व्यापार गर्छन्। म चाहे भने यसलाई रोक्न सक्छु, तर म त्यसो गर्न चाहन्न। यदि चीनले इरानबाट तेल किन्न चाहन्छ भने हामीलाई कुनै समस्या छैन । इरान र अमेरिकाबीच अर्को हप्ता वार्ता हुनेछ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोले सुरक्षा खर्च पाँच प्रतिशतले बढाउनुलाई ठुलो जितको रूपमा व्याख्या समेत गरेका छन्।

ट्रम्पले लगातार एक महिनादेखि दिएको दबाबका कारण नाटोका नेता सन् २०४६ देखि लागु हुनेगरी सुरक्षा खर्चमा पाँच प्रतिशतले वृद्धि गर्ने कुरामा सहमत भएका हुन्।