गिरावट हुँदै बन्द भयो सेयर बजार, कारोबार रकम बढ्यो

2.98K
shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गिरावट आएको छ। बुधबार स्थिर बसेको नेप्से आज झिनो अंकले गिरावट भएको हो।

बुधबार ०.३३ अंकले घटेको सेयर बजार बिहीबार ४ अंकले गिरावट आएको हो। योसँगै आज आज नेप्से परिसूचक २६९५ विन्दुमा कायम भएको हो।

सेयर बजार झिनो अंकले गिरावट आए पनि कारोबारमा केही बढेको छ। बुधबार ६ अर्बको सेयर कारोबार भएकोमा आज ८ अर्ब बराबरको सेयर कारोबार भएको हो।

कारोबारका आधारमा आज ९३ कम्पनीको सेयर मूल्य बढेको छ। यस्तै, १५५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।

आज ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र बरुण हाइड्रोपावर कर्पोरेट लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै, ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड कम्पनीको सेयरमा सबैभन्दा बढी गिरावट आएको छ।