विगतका शासकले नसोचेको विकास एमालेले गर्यो : शंकर पोखरेल
वि.सं.२०८२ असार १२ बिहीवार १७:४८
1.4K
shares
shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विगतका शासकले कल्पना गर्न नसकेको विकास एमालेले गरेको दाबी गरेका छन्।
उनले युवाको विदेश पलायन रोक्नु आजको प्रमुख चुनौती भएको भन्दै, रोजगारी र स्वरोजगारीमा केन्द्रित बजेट आएको बताए। काठमाडौंमा आयोजित पार्टी बैठकमा उनले स्टार्टअप, उद्योग र उत्पादनमूलक कार्यक्रममार्फत युवालाई देशमै अवसर दिने योजना ल्याइएको बताए।
पोखरेलले आधुनिक राष्ट्र निर्माणको अभियान एमालेले सुरु गरेको भन्दै पार्टीले विकासमा कामद्वारा प्रमाणित गरिसकेको बताए। उनले अहिले नेतृत्वको बहस होइन, पार्टी बलियो बनाउने बेला भएको स्पष्ट पारे।











