टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश

1.82K
shares

काठमाडौं । टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

प्रहरीको केन्द्रीय साइबर ब्यूरोले बस्नेतलाई भक्तपुरबाट पक्राउ गरेर विद्यतुीय कारोबार ऐनको कसुरमा अनुसन्धान गरेको थियो ।

उनले टिकटकमार्फत साइबर अपराध गरेको दाबी प्रहरीको थियो ।