फिफा क्लब विश्वकप : युभेन्ट्समाथि म्यानचेस्टर सिटीको जित
वि.सं.२०८२ असार १३ शुक्रवार ०८:०६
shares
JPG converted with https://ezgif.com/webp-to-jpg
काठमाडौं । फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको समूह ‘जी’को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले इटालियन जायन्ट युभेन्ट्सलाई ५–२ को फराकिलो अन्तरले पराजित गर्दै समूह चरणमा शतप्रतिशत जितको यात्रासहित शीर्ष स्थान सुरक्षित गरेको छ ।
खेलको सुरुआती मिनेटमै तीव्र गतिमा आक्रमण गरेको सिटीले ९औं मिनेटमा जेरेमी डोकुको गोलमार्फत अग्रता लिएको थियो । तर त्यो खुशी लामो समय टिक्न सकेन । गोलकिपर एडरसनको गल्ती पछि युभेन्ट्सका टिर्याप कोप मेरिनेसले ११औं मिनेटमै बराबरी गोल फर्काउँदै खेलमा रोमाञ्चकता थपे ।
२६औं मिनेटमा युभेन्ट्सका पियरे ओलकाउले आत्मघाती गोल गर्दै सिटीलाई फेरि अग्रता दिलाए । पहिलो हाफमा सिटीको खेलमा पकड देखिए पनि थप गोल भने हुन सकेन ।
दोस्रो हाफमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका एर्लिङ हालान्डले ५२औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । त्यसपछि ६९औं मिनेटमा फिल फोडेन र ७५औं मिनेटमा सिभिन्होले गोल थप्दै सिटीलाई ५–१ को स्थितिमा पुर्याए।
खेल सकिन ६ मिनेट बाँकी रहँदा युभेन्ट्सका डुहान निसामोभिकले गोल गरे पनि त्यो सान्त्वनाभन्दा बढी हुन सकेन ।
समूह ‘जी’कै अर्को खेलमा एल ए आइनले वेयाद कासाब्लान्कालाई २–१ ले पराजित गर्दै जित निकालेको छ ।
यस नतिजासँगै म्यानचेस्टर सिटी समूह चरणमा सबै खेल जित्दै ९ अङ्कसहित पहिलो स्थानमा रहँदै दोस्रो चरणमा प्रवेश गरेको छ । ६ अङ्कसहित युभेन्ट्स दोस्रो स्थानमा रहँदै अर्को चरणमा पुगेको हो ।












