सुनचाँदी व्यवसायी पसल बन्द गरेर फेरि सडकमा निस्किए

3.2K
shares

काठमाडौं । सुनचाँदी व्यवसायी पुनः आन्दोलित भएका छन्।

सरकारले बजेटमा सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करविरुद्धमा सुनचाँदी व्यवसायी आन्दोलित बनेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर माग पूरा गरिने प्रतिबद्धता जनाइए पनि विनियोजन विधेयक पास हुँदा माग सम्बोधन नभएपछि फेरि सडक आन्दोलनमा निस्कनुपरेको व्यवसायी बताउँछन्। बजेटलगत्तै सुनचाँदी व्यवसायीले आन्दोलन थालेकामा प्रधानमन्त्रीको आश्वासनपछि केही दिन आन्दोलन रोकेका थिए।

आज व्यवसायीले देशभरको सुनचाँदी व्यवसाय बन्द गरेर सडक आन्दोलनमा उत्रिएका हुन्। सरकारले माग पूरा नगरे साउन १ देखि देशभरका सम्पूर्ण सुनचाँदी व्यवसाय अनिश्चितकालीन बन्द गर्ने चेतावनी व्यवसायीले दिएका छन्।