जसपा नेपालले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

2.38K
shares

 

काठमाडौँ : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ।

सरकार असफल भएको, सुशासन कायम गर्न नसकेकोलगायतका कारण देखाएर उसले समर्थन फिर्ता लिएको जानकारी गराएको छ।

सरकारको औचित्य नभएकाले समर्थन फिर्ता लिइएको पार्टीका तर्फबाट प्रदेशसभा सदस्य रहेकी अम्बिका काफ्लेले जानकारी दिइन्।

८७ सदस्यीय प्रदेशसभामा जसपा नेपालबाट काफ्ले एकजना मात्रै सांसद थिइन्। पार्टी विभाजनपछि अन्य सांसद अशोक राई नेतृत्वको जसपामा गएका थिए।