विद्या भण्डारीको घोषणाः पार्टी सदस्यता नवीकरण गरेर एमालेको राजनीतिमा पुनः जोडिएँ

1.82K
shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पुनः नेकपा एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी छन् ।

मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको जबजका तीन दशक विषयलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेकी हुन् ।

उनले भनिन्, ‘पार्टी सदस्यता नवीकरण गरेँ, एमालेको सदस्यका रुपमा पुनः जोडिएकी छु ।’

एमालेबाटै राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको उनले बताइन् ।

‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ भण्डारीले भनिन् ।

उनले आफ्नो कुनै ठूलो महत्वकांक्षा नरहेको पनि बताइन् ।