एसियन कप छनोट :आज नेपालले पहिलो खेल लाओससँग खेल्दै
वि.सं.२०८२ असार १५ आइतवार १२:१५
1.7K
shares
shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज एएफसी एसियन कप छनोट अन्तर्गतको पहिलो खेल खेल्दै छ ।
उज्वेकिस्तानको पख्तकोर सेन्ट्रल स्टेडियममा आइतबार साँझ सवा ६ बजे सुरु खेलमा लाओससँग नेपालले प्रतिस्पर्धा गर्ने छ ।
उक्त खेल नेपालका लागि १०० औं अन्तर्राष्ट्रिय खेल समेत हो।
समूह एफ मा रहेको नेपालले दोस्रो खेल असार १८ गते श्रीलंकासँग खेल्नेछ। समूह चरणको अन्तिम खेल भने असार २१ गते घरेलु टोली उज्वेकिस्तानसँग हुनेछ।
किस्तानसँग भएका तीनवटै खेलमा नेपालले हार बेहोरेको छ भने श्रीलंकासँग खेलिएका आठवटै खेलमा नेपाल विजयी भएको छ।
८ समूहमा रहेका ३४ टोली मध्येबाट १२ टोलीले एसियन कपको मुख्य प्रतियोगितामा सहभागिता जनाउनेछन्।












