संजयदत्तले आफ्नो प्रिमियम एलोबेभ ब्रान्ड ‘दग्लेनवाक’ को दोस्रो वार्षिकोत्सव मनाए
वि.सं.२०८२ असार १५ आइतवार १४:३३
shares

काठमाडौं । बलिउड आइकन संजय दत्तले आज आफ्नो प्रिमियम एलोबेभ ब्रान्ड दग्लेनवाकको दोस्रो वार्षिकोत्सव मनाएका छन् ।
मुम्बईमा आयोजित उद्योगको वार्षिक उत्सव समारोहमा आफ्ना नजिकका साथीहरूको उपस्थितिमा एक भव्य कार्यक्रम आयोजनामा दत्तले उपस्थिति जनाएका छन् ।
समारोहमा आकर्षक पहिरनमा देखिएका दत्तले पाहुनाहरु र आफ्नो टोलीसँगै वार्षिक उत्सवको केक काटेका थिए । समारोहमा विशेष ब्रान्डहरुको हाइलाइटहरू प्रस्तुत गरिएको थियो जसले भारतको प्रिमियम स्पिरिट खण्डमा बार बढाउने ब्रान्डको मिशनलाई प्रतिबिम्बित गर्दछ ।
सन् २०२३ मा सुरुवात भएदेखि नै दग्लेनवाकले आफूलाई एक उत्कृष्ट ह्विस्कीको रूपमा स्थापित गरेको छ । जीएम अवार्ड २०२५ मा ‘वर्षको सबैभन्दा उत्कृष्ट ब्रान्ड’को रूपमा मान्यता पाउँदै पारखीहरूको स्वाद र बजारको ध्यान दुवैलाई आकर्षित गर्दै, ब्रान्ड गुणस्तर, नवीनता र बोल्ड स्वादको पर्यायवाची बनेको छ ।
यस कोशेढुङ्गामा, दत्तले साझेदारहरूप्रति कृतज्ञता व्यक्त गरे । भारतको विकसित पेय पदार्थ परिदृश्यमा परम्परालाई समकालीन स्वभावसँग मिसाउने आफ्नो दृष्टिकोणलाई स्पष्ट पार्दै उनले यो अवसर ब्रान्डको विकासको प्रमाण र अभिनेता–उद्यमीको लागि गर्ववान्वीत भएको बताए । भारतको प्रिमियम ह्विस्कीको एक प्रतिष्ठित ब्राण्डको रुपमा द ग्लेनवाकले आफुलाई स्थापित गर्न सफल भएकोमा दत्तले खुशी व्यक्त गर्दै सबैलाई धन्यावाद दिए ।












