कमलादी स्काइवाकको तेस्रो वार्षिकोत्सव, पाहुनालाई निःशुल्क फोटो कप उपहार

1.82K
shares

काठमाडौं । कमलादीस्थित स्काइवाकले आइतबार तेस्रो वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाएको छ।

वन्डर्स ग्रुपको लगानीमा निर्माण भएको यो साहसिक गन्तव्यले उपत्यकाभित्र र बाहिरबाट पर्यटक तान्दै आएको छ।

वार्षिकोत्सवको अवसरमा स्काइवाकमा आउने पाहुनालाई उनीहरूको फोटो छापिएको कप निःशुल्क उपहार दिइँदैछ। प्रवन्ध निर्देशक विष्णुहरी पाण्डेका अनुसार, यो सुविधा छुट नलिएको टिकटमा तीन महिनासम्म लागू हुनेछ।

उनले स्काइवाकमार्फत काठमाडौँ सहरमै साहसिक गतिविधिको अनुभव दिने लक्ष्य सफल भएको बताए। ७८।५ मिटर अग्लो स्काइवाक टावर १३ रोपनी क्षेत्रमा फैलिएको छ। टावरको २५औं तलामा बनेको सिसाको स्काइवाकबाट हिँड्दा आकाशमै हिँडेको अनुभूति हुन्छ।

यस टावरबाट घण्टाघर, रानीपोखरी, सिंहदरबार लगायत काठमाडौंका प्रमुख स्थल अवलोकन गर्न सकिन्छ। टावरमा एमपी थिएटर, योगा, सूर्योदय–सूर्यास्त दृश्यावलोकन जस्ता थप सुविधाहरू छन्।

८० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिक र तीन फिटभन्दा कम उचाइ भएका बालबालिकाबाट शुल्क नलिइने व्यवस्था अझै कायम रहेको स्काइवाकले जनाएको छ।