असार १५ सम्म २०।३ प्रतिशत मात्र धान रोपाइँ
वि.सं.२०८२ असार १५ आइतवार १८:१७
1.05K
shares
shares

काठमाडौं – असार १५ सम्म देशभर २०.३ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल १३.९१ लाख हेक्टरमा हुने धानखेतीमध्ये हालसम्म २.८१ लाख हेक्टरमा मात्रै रोपाइँ सकिएको हो।
गत वर्षको तुलनामा यस वर्ष १ प्रतिशतले रोपाइँ कम भएको छ।
प्रदेशगत विवरण :
सूदूरपश्चिम : ४९.२५
कर्णाली : ३९.१५
गण्डकी : २८.२५
लुम्बिनी : २४.३५
बागमती : २०.५५
कोशी : १४.३५
मधेश : सबैभन्दा कम ३.९५
रोपाइँ सुस्त हुनुमा ढिला वर्षा मुख्य कारण मानिएको छ।













